२८ मंसिर, काठमाडौँ । यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेका छ । विभागले प्रविधिमा जान ढिलाई गर्न नहुने भन्दै जडानका लागि दर्ताको लट नै तोकेर समयसीमा निर्धारण गरेको छ । सबै सरकारी तथा संस्थानमा चार पांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट डान गरिसक्नुपर्ने विभागमा प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिए । त्यसैगरी लट नम्बर १ देखि १२ सम्मका चारपांग्रे सवारीका लागि पनि चैतभित्र इम्बोस्ड प्लेट जडान अनिवार्य गरिएको छ । सो समयभित्र १३ लटभन्दा माथिका ३ तथा चार पांग्रे सवारीले पनि इम्बोस्ड जडान गर्न चाहेमा आवेदन दिनसक्ने पाण्डेले बताए । १३ नम्बर लटदेखि माथिका चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म इम्बोस्ड जडानको लागि समयसीमा तोकिएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४