२५ मंसिर, काठमाडौँ । प्रेस चौतारी नेपालले वर्तमान कामचलाउ सरकारले सञ्चारसँग सम्बन्धित संस्थामा नियुक्ती गरेको भन्दै तत्काल खारेज गर्न माग गरेको छ । प्रेस चौतारीका महासचिव राजेश राईले एक विज्ञप्ति प्रकाशित गदैै निर्वाचन सम्पन्न भएलगत्तै काम चलाउ हैसियतमा सीमित हुनपुगेको सरकारले गरेका ती नियुक्ती र गठनहरु तत्काल खारेज गर्न माग गरेका छन । विज्ञप्तिमा भनिएको छ, ‘आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान’ गठन प्रक्रिया अघि बढाइएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । अनुसन्धान र प्रशिक्षणद्वारा सञ्चारकर्मीहरूको सीप तथा दक्षता अभिवृद्धि र अद्यावधिक गर्न ‘आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान’ गठन गर्ने निर्णय यसअघि भएको हो । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपालको निरन्तर माग र दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा यसको सबै नीतिगत तयारी पुरा भएको थियो । नीति तथा कार्यक्रममा पनि प्रस्तुत गरिएको थियो । त्यही सरकारले जारी गरेको ‘राष्ट्रिय आमसञ्चार नीति, २०७३’ ले पनि स्पष्ट निर्देश गरेको छ । तर, वर्तमान सरकारले सरकारले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा ‘आम सञ्चार राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान’ गठन गर्न लागेको खबरले हामी आश्चर्य चकित भएका छौं ।’
विज्ञप्ति

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४