२५ मंसिर, कैलाली । कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता लेखराज भट्ट विजयी भएका छन । उनले नेपाली कांग्रेसका उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले पराजित गरे । भट्टले ३१ हजार ३५९ मत ल्याउँदा नेपाली कांग्रेसका भण्डारीले २० हजार ९६० मत पाएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०७४