२४ मंसिर, काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका महासचिव इश्वर पोखरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन । केहीबेर अघि सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पोखरेलले २३०२९ मत प्राप्त गर्नुभएको छ । उनका निकटतम प्रतिस्प्रधी नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले १३१६९ मत प्राप्त गरेका छन । उनी पोखरेलसँग ९८६० मतान्तरमा पराजित भए । आफ्नो पराजय निश्चित भएपछि महतले आफ्ना प्रतिनिधि मार्फत पटक पटक झमेला निकाल्दा काठमाडौँ ४ को नतिजा सार्वजनिकमा ढिलाई भएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४