२३ मंसिर, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् । उनले अर्थराज्यमन्त्री कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरेका हुन । सिलवालले २६ हजार ९४६ मत प्राप्त गरी विजयी भए । राणाले २० हजार ७२९ मत पाए । प्रतिनिधि सभा सदस्यमा विजयी सिलवाल पूर्व डिआईजी हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०७४