१७ मंसिर, काठमाडौँ । राप्रपा प्रजातान्त्रिकका नेता रेशमकुमार लामा पार्टी उपाध्यक्ष विक्रम पाण्डेको विरुद्धमा भोट माग्न चितवन पुगेक छन । आइतबार चितवनको माडी नगरपालिकास्थित बसन्तपुरमा आयोजित वाम गठबन्धनको चुनावी सभामा सहभागि भएर उनले पाण्डेका विरुद्धमा पुष्पकमल दाहाल प्रचण्डलाई भोट मागेका हुन । लामालाई हिजोमात्रै राप्रपा प्रजातान्त्रिकले कारबाही गर्ने निर्णय गरेको थियो । वाम गठबन्धनको सभामा राज्यमन्त्रीको हैसियतामा सहभागी लामाले चितवन ३ मा प्रचण्डलाई जिताउनुको विकल्प नभएको बताए । उनले भने ‘लोकतान्त्रिक गठबन्धन बनाएर जनता झुक्याउने काम भएको छ । तर वाम गठबन्धन अहिले देशको लागि आवश्यक छ’, उनले भने, ‘यसमा मेरो स्वार्थ छैन । जनताको समृद्धिलाई सबै छाडेर वाम गठबन्धनलाई सहयोगी बनेको हुँ ।’
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०७४