१३ मंसिर, कालीकोट । कालीकोटको खांँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बुधबार बिहान भएको बलेरो जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ६ घाइतेमध्ये बाँकेका चालक इन्द्रप्रसाद थारूको उपचारका क्रममा मृत्यु भएको छ । बाँकी पाँच घाइतेलाई कोहलपुर मेडिकल कलेजमा लगिएको छ । मुगुबाट सुर्खेत जाँदै गरेको लु२च २००३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा मुगु भिई–७ की ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामीका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उपचारका क्रममा चालक थारूको मृत्यु भएपछि मृतकको संख्या ४ चार पुगेको हो । उक्त जीपमा मुगुबाट सुत्केरीसहित नौ यात्रु रहेको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४