१३ मंसिर, कालिकोट । कालिकोटको अस्पतालमोडमा जीप दुर्घना हुँदा तीनजनाको ज्यान गएको छ । मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति अस्पतालमोडमा दुर्घटना भएको प्रहरीलेल जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेका छन । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०७४