११ मंसिर, काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताएका छन । इलाम सदरमुकाममा सोमबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मुलुकको स्वाभिमान र स्वतन्त्रतालाई कायम राख्न एंव सिमाना यकिन गर्न पनि गठबन्धनको आवश्यकता रहेको औँल्याए । “लोकतन्त्रलाई फलाउन, फुलाउन पनि वाम गठबन्धन अपरिहार्य छ”, उनले भने, “जनताको आकाङ्क्षा पहिलेभन्दा अहिले बढेको छ, ती आकाङ्क्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको छु ।” इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता खनालले इलाम जिल्ला पर्यटकीय दृष्टिकोणले धेरै सुन्दर र हराभरा मानिन्छ, यहाँको डाँडामा सुन फल्छ, सन्दकपुर र अन्तुमा केवलकार कुदाउने लक्ष्य रहेको बताउँदै संविधान आफैँमा पूर्ण नहुने हुँदा संशोधनमार्फत यसलाई पूर्ण गर्दै लगिने छ भने ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०७४