८ मंसिर, काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन । उनले मौन अबधिमा समेत मतदातालाई प्रभावित गर्न खोजेका हुन । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा भोट मागेकाले उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । २०७४ मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि शुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०७४