६ मंसिर, बझाङ । बझाङको सदरमुकाम चैनपुरबाट ९ किलोमिटर उत्तरपूर्व भएर ३ दशमलव ३८ म्याग्निच्युडकोे भूकम्प गएको छ । बुधबार विहान ७ः४५ बजे भूकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए । भूकम्पको क्षतिबारे केही जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले बझाङ जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०७४