५ मंसिर, काठमडौँ । वर्षाले लगातार अवरोध पु¥याएपछि आईसीसी महिला टि २० विश्वकपका लागि एशियाली छनोटको दोस्रो खेलमा पनि नेपालले हङकङसग अंक बाडेको छ । पहिलो खेलमा पनि आयोजक थाइल्याण्डसग अंक बाडेको नेपालले दोस्रो खेलमा पनि अंक बाडेको हो । आजपनि खेल हुनु पूर्व नै लगातार वर्षा भएपछि टस समेत नभई नेपाल र हङकङलाई समान एक एक अंक बाडिएको छ । दुई खेलको समाप्तीमा नेपाल दुई अंकको साथ लिगको तेस्रो स्थानमा रहेको छ । आजै विहान भएको खेलमा मलेसियाले चिनलाई सात विकेटले पराजित गर्दै २ अंक जोडेको छ । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वान्टी ट्वान्टी विश्वकप छनोटमा स्थान बनाउने छन् ।
नेपालका बाँकी खेल
७ मंसिर – युएईविरुद्ध
८ मंसिर– मलेसियाविरुद्ध
१० मंसिर – चीनविरुद्ध
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०७४