३ मंसिर, तनहुँ । नेकपा एमाले स्थायी कमिटी सदस्य,प्रदेश ४ का संयोजक तनहुँ निर्वाचन क्षेत्र २ प्रदेश सभा २ का उम्मेदवार मुख्य मन्त्रीका प्रस्तावित उम्मेदवार किरण गुरुङले शोकलाइ शक्तिमा बदलेर अगाडि बढ्न सबै बामपंथी कार्यकर्तालाइ आग्रह गर्नुभएको छ। भिमाद नगरपालिका वडा नम्बर १ स्थित बडरभन्ज्याङमा आयोजित विशाल सभालाइ सम्बोधन गर्दै उहाँले आज माओवादी पोलिटब्यूरो सदस्य तथा प्रचण्ड पुत्र प्रकाशको असहामयिक निधनप्रति दुख व्यक्त गर्नुहुदै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अपुरणिय क्षति पुगेको बताउनुभयो । गुरुङले प्रकाशको निधन मर्माहत बनेको बताउनुहुदै यो शोकको घडीलाई शक्तिमा बद्ल्न सक्नुपर्ने बताउनुभयो। गुरुङले अब यो देशमा ५ बर्ष भित्र गरीबीको रेखालाइ शन्यूमा झार्ने बताउनुभयो। बामपंथीको सरकार अब देशका युवाहरु बिदेशि भुमिका रगत र पशिना चुहाउन जाने स्थिति आउनै नदिने दाबी गर्नुभयो। उहाँले अन्य दलहरूलाइ भन्दा बामपंथीलाइ यो देशको बढि माया रहेको बताउनुहुदै रास्ट्र जोगाउने काम बामपंथीले मात्र गर्ने बताउनुभयो । आगामी निर्वाचनमा कसैको प्रलोभन र त्रासमा नभइ निर्धक्क भएर लाग्न सबैजनतालाइ आग्रह गर्नुभयो । कार्यक्रम माओवादी पोलिटब्युरो सदस्य भक्त रसाइलि , निबर्तमान सम्सद टुकराज सिग्देल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभयो थियोे ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४