३ मंसिर, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयाघातका कारण निधन भएको छ । हृदयाघातपछि दाहाललाई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा चिकित्सकहरुले दाहाललाई बचाउन नसकेको बताएका छन । आइतबार बिहान पाँच बजेतिर दाहाललाई अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका प्रचण्ड काठमाडौं फर्किँदैछन् । अहिले नर्भिक अस्पताल शुभचिन्तक र आफन्तको भिड लागेको छ । अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४