३ मंसिर, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयाघात भएको छ । हृदयाघातपछि दाहाललाई अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । आइतबार बिहान पाँच बजेतिर दाहाललाई अचेत अवस्थामा अस्पताल पु¥याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका प्रचण्ड काठमाडौं फर्किँदैछन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४