३० कात्तिक, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामाग्री र उम्मेदवारका प्रचार सामाग्री कब्जा गरी जलाएका छन । नेकपा सल्यानले बिहीबार निर्वाचन आयोगद्धारा सञ्चालित मतदाता शिक्षासँग सम्बन्धित सामाग्री र वाम गठबन्धनका पर्चा पम्पलेटहरु कब्जा गरी जलाएको प्रहरीले जनाएको छ । चुनाव खारेजीको अभियान लिएको नेकपाले आफ्ना कार्यकर्ताले मतदाता शिक्षा सामाग्री र वाम गठबन्धनतर्फका उम्मेदवारका प्रचार सामाग्री जलाएको जनाएको छ । जिल्लाको बागचौर नगरपालिका–३ खालीमा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताका साथमा रहेको पर्चा पम्पलेट आफ्ना कार्यकर्ताले खोसेर जलाएको नेकपा सल्यानका जिल्ला इन्चार्ज डिल्लिराज शर्मा विश्वले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०७४