२९ कात्तिक, काठमाडौँ । फरार रहेका तत्कालीन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल वयानका लागि विशेष अदालतमा हाजिर भएका छन् । अख्तियारको प्रहरीले खोज्दा फरार रहेका उनीहरू बुधवार अदालतमा उपस्थित भएका हुन् । बयानका लागि न आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबैलाई ८ असारमा एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो । दुबैलाई न्यायीक हिरासतमा राखिएको छ । अदालतका अनुसार उनीहरूको वयान सुरु हुन्छ । वयानपछि नियमित साक्षी, प्रमाण र मुद्दा सुनुवाईको काम सुरु हुने अदालतले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०७४