२४ कात्तिक, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायसँग आग्रह गरेका छन । निर्वाचन आयोगमा आज निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहितासम्बन्धी उद्योग वाणिज्य क्षेत्रका सरकारी पदाधिकारी तथा उद्योगी व्यवसायीसँगको छलफलमा उनले निर्वाचनमा दल र उम्मेदवारबाट भएको अधिक नगद प्रवाहको अनुगमन गर्न नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान र आन्तरिक राजश्व विभागलाई आग्रह गरे । डा यादवले दल तथा उम्मेदवारले आफ्नो सिद्धान्त र घोषणापत्रका आधारमा जनताको मन जित्नुपर्नेमा पैसाका आधारमा निर्वाचन जित्छु भन्ने सोचलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४