२४ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गरेकी छिन । सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले शुक्रबार आयोजना गरेको समारोहमा यादवलाई अभिनन्दनसहित सो पदकबाट विभूषित गरिएको हो । शान्ति प्रक्रियाका विभिन्न चरणमा पु¥याउनुभएको योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गर्नुभएको भूमिकाका लाागि डा यादवलाई अभिनन्दन गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०७४