२१ कात्तिक, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदातालाई आफ्नो सार्वभौम मत बिक्री नगर्न आग्रह गर्नुभएको छ । मतदान तथा मतदाता क्षेत्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले आफ्नो विवेक प्रयोग गरेर मदतान गर्न आग्रह गर्नुभयो ।
काभ्रेको धुलिखेलमा आयोजित सो कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनले प्रजातन्त्र सुधृढ हुने भएकाले आफ्नो मतको सही सदुपयोग गरि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने महान काममा योगदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभएको हो ।
प्रमुख निर्वाचन आयुक्त यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गर्नुभयो ।
निर्वाचनमा नगर बोर्ड, ब्यानर, झण्डा र पोष्टरले रंगाउन सक्ने भएकाले त्यस्ता वस्तुलाई मनगर र नगरभित्र राख्न नलगाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै भन्नुभयो, “नगरलाई आजैदेखि सफा राख्नका लागि म प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नगरपालिकालाई आग्रह गर्न चाहन्छु । नगरको सभ्यता जनताको सम्पत्ति भएकाले फोहर गर्न नदिनुस् ।”
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०७४