२० काीत्तक, काठमाडौँ । मतदानमा खटिएका कर्मचारीले मतदान गर्न नपाउने भएका छन । मतदानमा खटिएका कर्मचारीले पनि मतदान गर्न पाउनु पर्ने माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको हो । सोमबार न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिटमा निर्वाचन आयोगको कुनै निर्णय बदर गराउन नभई निर्णय भएको भए बदर हुन माग गरिएको भन्दै आदेशमा मुद्दाको अन्तिम फैसला हुँदा सम्बोधन हुने बताएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०७४