२० कात्तिक, काठमाडौँ । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दमननाथ ढुंगानाले आफू टुरिष्ट तथा पाहुना उम्मेदवार नभएको प्रष्ट पारेका छन । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभामुख समेत रहेका ढुंगानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको भन्दै यस्तो स्पष्ट पारेका हुन । उनले भने –‘आफूले कुचो लिएर राजनीति कुचिकार बनेर भक्तपुरमा उम्मेदवारी दिएकाले यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ बिशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवारी दिएको उनले बताए । प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले काठमाडौ २ बाट उम्मेदवार बन्न आग्रह गरेता पनि आफूले नै भक्तपुर २ रोजेर आएको उनले बताए । करिब २३ बर्षपछि राजनीतिमा आउनुको कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु नै रहेको उनलेब बताएका छन ।
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०७४