१७ कात्तिक, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब जीवनभर चुनाव नलड्ने बताएका छन । उनले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवा पुस्तालाई हस्तान्तरण गरेको बताए । बिजुक्छेले आफूले राजनीतिबाट सन्यास नएिको तर प्रत्यक्ष रुपमा चुनावी मैदानमा चाहिँ युवालाई अघि बढाउन उम्मेदवारी नदिएको बताए । बिजुक्छेले उम्मेदवारी नदिँदा भोट घट्छ की भन्ने चर्चा चलेको छ नि भन्ने प्रश्नको जवाफमा उनले जनताले बिजुक्छेलाई हैन मजदुर किसान पार्टीलाई मत दिने बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०७४