१६ कात्तिक, दाङ । नेकपा एमालेकी नेतृ कोमल वलीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन । केही साता अघि उत्साहित हुँदै नेकपा एमालेमा प्रवेश गरेकी वाली बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र शंकर पोखरेलले फोन गरेर उम्मेदवार बनाउन सक्दिन भनेपछि निराश बनेकी छिन । दाङको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएपछि पत्रकारसँग कुरा गर्दै वलीले आफूलाई हिजो बेलुका ओली र पोखरेलले टेलिफोनमा उम्मेदवार बनाउन नसक्ने जानकारी दिएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताइन । वलीेले पार्टीले आफूलाई कहिले समानुपातिकमा त कहिले प्रत्यक्षमा उठाउने भन्दै प्रतिवद्धता व्यक्त गरे पनि आफूले नेताका घर नचाहरेकै कारण टिकट नपाएको बताइन ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४