१६ कात्तिक, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ बाट एमालेको उम्मेदवार बनेका पूर्व डीआइजी नवराज सिलवालले न्यायका लागि जनताकोबीचमा आएको बताएका छन । उनले उम्मेदवारी दर्तापछि आफूमाथि राज्यले अन्याय गरेकाले जनताबाट न्याय पाउन चुनावी मैदानमा उत्रिएको बताए । उनले प्रधानमन्त्री शेरवहादुर देउवाले व्यक्तिगत प्रतिशोध साँधेर प्रहरी संगठनै सिध्याउन खोजेको आरोप पनि लगाए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४