१६ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन । पार्टीका तर्फबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गराएको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०७४