१४ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले विधान विपरित पदको दुरुपयोग गर्दै गरेका विभिन्न निर्णयहरुमा संघका केन्द्रीय उपाध्यक्षहरुले संयुक्त विज्ञप्तिमार्फत विरोध जनाएका छन् । उक्त विज्ञप्तिमा उपाध्यक्षहरुले अध्यक्ष महरले स्वेच्छाचारी र गैर जिम्मेवार ढंगबाट गरेका निर्णयहरुप्रति खेद प्रकट गरेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४