१४ कात्तिक, काठमाडौं । संखुवासभामा प्रतिनिधिसभाका एमाले उम्मेदवार राजेन्द्र गौतमबिरुद्ध बागी उम्मेदवारी दिएका डा. गुप्तबहादुर श्रेष्ठले मंगलबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी श्रेष्ठले उम्मेदवारी फिर्ता लिइ वाम गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनबाटै आफ्नो चुनाव चिन्ह कैंची खारेज भएको घोषणा समेत गरेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०७४