१३ कात्तिक, काठमाडौँ । उदयपुर र गुल्मीमा सोमबार दिउँसो भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा९ जनाको मृत्यु भएको छ । घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ । यस्तै बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माइक्रो गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा भएको थियो । दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै, दुई जनाको उपचारका लागि अस्पताल लँैजादै गर्दा र एक जनाको उपचारका क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४