१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा प्रत्यक्ष चुनाव लड्ने भएकी छन् । सोमबार बसेको कांग्रेस संसदीय समितिको बैठकले राणााई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए । यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने भएकी छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०७४