–शम्भु गजुरेल
१२ कात्तिक, नुवाकोट । मंसिर १० को निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरु विभिन्न एजेण्डासहित नागरिकको घरदैलो र भेटघाटमा व्यस्त छन् । वाम गठबन्धनको तर्फ उम्मेदवारी दिएका क्षेत्र नं. २ का उम्मेदवारहरु यतिबेला मेघाङ गाउँपालिकाका विभिन्न गाउँमा चुनावी कार्यक्रम लिएर गाउँ पसेका छन् । चुनावी कार्यक्रमका साथ बाम गठबन्धनका उम्मेदवारहरु गाउँ जाँदा स्थानीयहरुले आफ्ना सुखदुःख र गाउँको आवश्यकताको बारेमा उम्मेदवारहरुसँग छलफल गर्न पाउँदा निकै उत्साहित देखिएका छन् ।
मेघाङ गाउपालिका वडा नम्वर ३ प्लेनप्लेन गाउँका स्थानीयवासीहरुको घरमा उम्मेदवारहरु पुग्दा स्थानीयवासीहरु सधै सदरमुकाममै भेटिइरहने नेताहरु प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवार भएर गाउँमा पुग्दा स्थानीयवासीहरुले शुभेच्छा प्रकट गरेका थिए । बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका प्रतिनिधिसभातर्फका नारायणप्रसाद खतिवडा र प्रदेश सभा ख तर्फका हिरानाथ खतिवडा मतदाताको घरदैलोमा पुग्दा मतदाताहरु उत्साहि हुँदै नेताहरुको स्वागत गरेका थिए । प्लेनप्लेन गाउँमा किसानहरु धान थन्क्याउन खेतमै भएकाले उम्मेदवारहरु खेतखेतमै पुगेका थिए । संसदीय निर्वाचनमा भोट माग्न विरलै मात्र नेताहरु पुग्ने सो गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारद्वय नारायण र हिरानाथ पुग्दा धान थन्क्याइरहेका सामुदायले गाउँमा परेका समस्याको बारेमा नेताहरुलाई गुहारेका थिए । स्थानीयहरुले नमिलेको तामाङ भाषामै कुरा गरेका थिए । स्थानीय लवजमै नेताहरुले आफ्ना समस्या सुनेपछि मेघाङवासी खुशी भएका थिए । चुनावी कार्यक्रमका क्रममा भैरमकोट हुँदै किम्ताङ, मेघाङ, बर्सुन्र्चेत हुँदै देउरालीमा पहिलो चरणको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गठबन्धनका उम्मेदवारहरुले आइतवार बुङताङ गाउँमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४