१२ कात्तिक, मोरङ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपाका संयोजक महन्थ ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव नगरेको स्पष्ट पारेका छन । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताए । उनले मुख्यमन्त्री को हो भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुने बताए । यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण तालमेलमा समस्या भैरहेको बताए । यद्यपी यादवले कांग्रेस लचिलो भएमा तालमेल हुन सक्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४