१२ कात्तिक, काठमाडौँ । नयाँ शक्ति पार्टीका नेता कार्यकर्ता पछिल्लो समय एकपछि अर्को गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेक्रम बढेको छ । झण्डै दुई दर्जना नेताले पार्टी छाडेको एक साता नपुग्दै गोरखाका चर्चित समाजसेवी समेत रहेका बासु पोखरेल नयाँ शक्ति छाडी माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनलाई आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ लगाएतले माओवादीमा स्वागत गरे । गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत हुन । “सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन“, माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भने, “म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ ।“
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४