१२ कात्तिक, काठमाडौं । प्रदेशतथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा राजनीतिक दलहरुले आज अन्तिम संशोधन गर्दैछन् । आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सूची संशोधन गर्न सकिने बताएका छन । सूची संशोधनको अन्तिम मौकाको सदुपयोग गर्न राजनीतिक दलहरु अन्तिम कसरतामा जुटेका छन । राजनीतिक दलहरुले निर्वाचन आयोगमा २९ असोजमा समानुपातिकको बन्दसूची पेश गरेका थिए ।
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४