११ कात्तिक, धादिङ । धादिङको गजुरीमा त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृतक मध्ये १२ जनो पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका १५ जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने काम भएको छ । बसमा कति यात्रु थिए भन्ने एकीन नभएकाले अझै केही वेपत्ता रहेको आशंका गरिएको छ । घाइते यात्रुका अनुसार बसमा करीब ५० जना थिए ।
सनाखत भएका मृतकहरुमा
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा (सप्तरी
आदित्य यादव – सप्तरी
नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
मन्जित कुमार झा – सप्तरी
चन्द्रावती झा – सप्तरी
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी
चन्द्ररेखा प्रमणी – सप्तरी
ममता देवी ठाकुर – मधुवनी बिहार ईन्डिया
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४