१० कात्तिक, धादिङ । ट्रिपर र मोटरसाइकल ठोक्किँदा शुक्रबार बिहान दुई जनाको ज्यान गएको छ । शुक्रबार बिहान धादिङको नौबिसेबाट काठमाडौं आउदै गरेको बा २ ख ७१८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटर साईकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिभूवन राजपथ अन्तर्गत टायलघर नजिकै भएको सवारी दुर्घटनामा मृत्यु हुनेमा काठमाडौका सालिन तुलाधर र रामेश्वर सिलवालको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०७४