९ कात्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव सारे व्यवस्थापिका संसद व्यूँतिने बताएका छन । सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश दिएपछि प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन । अध्यक्ष प्रचण्डले कुनै कारणले घोषित चुनाव नभए निस्क्रिय संसद ब्यूँतिने दाबी गरे । राजधानीको प्रज्ञा भवनमा माओवादी नेता लक्ष्मण पन्तको ‘अधुनिक नेपालको इतिहास’ पुस्तक विमोचन गर्दै मनोनयन गर्दा भइसकेको अवस्थामा निर्वाचन सरे संसद ब्यूँतिने बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०७४