८ कात्तिक, मनाङ । मनाङबाट प्रदेश सभा ‘ख’ का लागि एमालेबाट टिकट पाएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिएकी छिन । एमालेबाट टिकट नपाएपछि प्रदेश नं ‘ख’ बाटै दीपक मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उनले उम्मेदवारी फिर्ता लिएका छैनन । एमालेबाट आधिकारिक रुपमा पाएको उम्मेदवारी फिर्ता लिएपछि खण्ड लामाले दीपक मनाङेलाई सघाउने लगभग पक्का भएको छ । मनाङमा प्रतिनिधिसभाका लागि कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पोल्देन छोपाङ गुरुङको उम्मेदवारी दर्ता भएको छ । दुई प्रदेशसभा क्षेत्र रहेको मनाङमा प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसबाट चिन्तबहादुर घले, एमोलबाट दोर्जे डेण्डुल गुरुङ चुनाव लड्दै छन । यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट कर्म गुरुङ चुनावी मैदानमा छन । एमालेबाट टिकट पाएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिएसंगै अव कांग्रेसका उम्मेदवार गुरुङ र स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजिव गुरुङबीच चुनावी प्रतिष्पर्धा हुनेभएछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४