८ कात्तिक, बाजुरा । नेपाली कांग्रेस बाजुरका पूर्वसभापति तथा गत संविधानसभामा प्रत्यक्ष उम्मेदवार बनेका नेता मानबहादुर रावलले वामपन्थी गठबन्धनाई सघाउन अपिल गरेका छन । रावलले आगामी निर्वाचनमा वामपन्थी गठबन्धनलाई समर्थन जनाउँदै कांग्रेस परित्याग गरेका हुन । बुधबार विज्ञप्ति जारी गरी कांग्रेस नेता रावलले आफू कांग्रेसबाट अलग भए पनि राजनीतिबाट अलग नरहने भन्दै आसन्न निर्वाचनमा बाजुरा जिल्लामा वाम गठबन्धनलाई सघाई राजनीतिक रुपमा अघि बढ्ने निर्णय गरेको बताएका छन । उनले आफ्ना समर्थक र शुभेच्छुकलाई वामपन्थी गठबन्धनलाई सहयोग गर्न आह्वानसमेत गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०७४