७ कात्तिक, अछाम । अछाम क्षेत्र नं. १ अन्र्तगतको ख मा नेकपा माओवादी केन्द्रले चर्चित बैंकर झपट बोहरा सहित अन्य दुई जना खगेन्द्र रोकाया र दिपक साउदलाई सिफारीस गरेको छ । बाम गठबन्धनपछि उक्त क्षेत्र नेकपा एमाओवादीले पाउने निश्चित जस्तै भएको छ । तिन जना उम्मेदवारहरुमा बोहरा हेभिवेट उम्मेदवार हुन सक्छन् । माओवादी केन्द्रका सल्लाहकार सदस्य समेत रहेका उनको आर्थिक क्षेत्रमा लामो अनुभव रहेको छ । लामो समयदेखि नेपालको आर्थिक क्षेत्रमा क्रयाशिल रहेका बोहरा सफल बैंकरका रुपमा स्थापित नाम हो । बोहरासंग नेपालका बिकास बैकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एसोशिएसनको अध्यक्षका हैसियतले समेत जिम्मेवारी पुरा गरेको अनुभव रहेको छ । राजधानी बाहिरको पहिलो बिकास बैकका रुपमा सुदूरपश्चिमा मालिका बिकास बैक स्थापना गरेका बोहराले उक्त बैंकको संस्थापक कार्यकारी निर्देशक र त्यस पछि कार्यकारी अध्यक्षकारुपमा एघार बर्षसम्म नेतृत्व गरेका थिए । यो भन्दा पहिले जिल्लामा हुने सबै राजनीतिक गतिबिधिमा सक्रिय सहभागिता जनाउदै आएका उनले मुलुककै सवै भन्दा धेरै बैंक तथा बित्तीय संस्था संस्थापक रहेको ग्रोमोर मर्चेण्ट बैंकरको स्थापना गरी करिव दश बर्ष उक्त संस्थाको अध्यक्षका रुपमा नेतृत्व गरेका थिए । स्थानीय निकायको निर्वाचनमा समेत सक्रिय सहभागिता जनाएका उनलाई सम्भावित प्रदेशसभाको अर्थमन्त्रीका रुपमा समेत हेरिएको छ । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउपालिका वार्ड नं ६ दर्नामा जन्मेका बोहराले सुदूरपश्चिम क्षेत्रलाई नै लक्षित गरेर पछिल्लो पटक साझा बिकास बैकको स्थापना गरेका थिए । साझा बिकास बैंकको समेत संस्थापक अध्यक्ष हुन ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४