५ कात्तिक, काठमाडौँ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि रसुवामा २३ जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभामा ११ जना र प्रदेशसभामा १२ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिभरल डेमोक्रेटिक पार्टी, बाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, मंगोल नेशनल अर्गानाइजेसन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र स्वतन्त्रबाट मनोनयन दर्ता भएको हो । प्रतिनिधिसभाको लागि लिभरल डेमोक्रेटिक पार्टीबाट मोहनसिंह तामाङ, वाम गठबन्धनबाट जनार्दन ढकाल, लोकतान्त्रिक गठबन्धनबाट मोहन आचार्य, मंगोल नेशनल अर्गानाइजेसन पार्टीबाट नूर्पू ग्याम्जो तामाङको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी सिदर याङ्जेन तामाङ, सर्मिला थापा क्षेत्री, कविराज डंगोल, सुजन डंगोल, शिबबहादुर लामिछाने, बिजय कुमार पौडेल, र बिरेन्द्र कुमार उप्रेतीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश ख तर्फ वाम गठबन्धनका इन्द्रप्रसाद गोतामे, नेपाल मजदुर किसान पार्टीका राधिका पौडेल, लोकतान्त्रिक गठबन्धनका प्रेमबहादुर तामाङ र अर्गानाइजेसनका परमसिंह तामाङ र स्वतन्त्रबाट निर्मल बिक्रम गोलेको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश क तर्फ वाम गठबन्धनका कन्र्याल तामाङ, लोकतान्त्रिक गठबन्धन प्रभात तामाङ, एराप्रपा राष्टवादीका नुर्पु छिरिङ तामाङ, अर्गानाइजेसनका लक्षिन नुर्पु तामाङ, स्वतन्त्रबाट बिष्णु लामा, सगुन घले, लिलाबहादुर न्यौपानेको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४