–शम्भु गजुरेल
५ कात्तिक, नुवाकोट । नेपाली कांग्रेसले नुवाकोटको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा क्षेत्र नम्बर १ मा डा रामशरण महत र उनको भतिज रमेश महत तथा क्षेत्र नम्बर २ मा अर्जुननरसिंह केसी र उनका सहोदर भाइ जगदिश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा १ बट डा रामशरण महत र २ बाट अर्जुननरसिंह केसीले उम्मेदवारी दिएका छन । प्रदेशत ‘क’ बाट महतका भतिज रमेश महत र ‘ख’ बाट कांग्रेस नुवाकोटका कोषाध्यक्ष समेत रहेका महेन्द्र थिङले उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशतर्फ ‘क’ बाट नुवाकोट कांग्रेसका सभापति समेत रहेका केसीका भाइ जगदिश्वरनरसिंह केसी र ‘ख’ बाट जगतबहादुर तामाङले उम्मेदवारी दिएका छन । नुवाकोटमा टिकट नपाउने निश्चित भएपछि महतका भाइ डा प्रकाशरण महतले भने यसपटक काठमाडौँको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार हुँदैछन ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४