५ कातिक, काठमाडौँ । ताप्लेजुङमा एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवारी दर्ता गरेका छन । अन्य जिल्लाको तुलनामा ताप्लेजुङको उम्मेदवारी दर्ता फरक देखिएको छ । अन्य जिल्लामा संयुक्त उम्मेदवारहरु उम्मेदवार दर्ता स्थलको अगाडी जम्मा भएर उम्मेदवारी दर्ता गराएका छन भने ताप्लेजुङमा संयुक्त ब्यानर सहित दुईवटै पार्टीका नेता कार्यकर्ताहरु सामहुहिक रुपमा विभिन्न सास्कृतीक झाकीहरु सहित जुलुसमा सहभागी भएका छन । नेकपा (एमाले)का सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराई प्रतिनिधीसभामा र प्रदेशसभा तर्फ १ मा एमाले जिल्ला अध्यक्ष कमरेड बलबहादुर सामसोहाङ (सुरेन्द्र) र प्रदेशसभा २ मा माओवादी केन्द्रका केन्द्रीय स्थायी कमिटी सदस्य टंक आङबुहाङ ताप्लेजुङमा संयुक्त उम्मेदवारका रुपमा प्रस्तुत भएका छन । १.३० बजे बाट ताप्लेजुङ सदरमुकामाको विरेन्द्र चोकबाट दुई पार्टीका नेता कार्यकर्ता सहतिको संयुक्त जुलुस बजार परिक्रमा गर्दै उम्मेदवारी दर्ता स्थलमा पुगेको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४