५ कात्तिक, काठमाडौँ । पूर्व स्वास्थ्य राज्यमन्त्री नेकपा एमालेमा प्रवेश गरेका छन । लोकतान्त्रिक फोरम(हाल कांग्रेसमा विलए भएको पार्टी)का सहमहामन्त्री समेत रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलम एमालेमा प्रवेश गरेका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा आलामलाई एमालेमा स्वागत गरेका छन । कांग्रेसका प्रभावशाली नेता शेख इन्द्रिसका नाती आलम रौतहटमा प्रभावशाली मानिन्छन । उनले २०७० को निर्वाचनमा आफ्नै मामा अफताव आलमलाई भारी मतले पराजित गरेका थिए । गच्छद्धार कांग्रेस प्रवेश गरेपछि सहमहामन्त्री आलमले एमाले रोजेका हुन । उनले मधेसको विकासका लागि एमाले मात्रै सही पार्टी भएको बताए । आलमलाई अध्यक्ष ओलीसहित उपाध्यक्ष बामदेव गौतम, पोलिटब्युरो सदस्य बिष्णु रिमाल र डा. राजन भट्टराईले पनि स्वागत गरेका थिए । (पूर्व स्वास्थ्य राज्यमन्त्री हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ–सम्पादक )
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४