५ कात्तिक, काठमाडौँ । राजधानीको सोह्रखुट्टे नजिकै म्हैपीमा आईतबार बिहान गोली चल्दा एकजना घाइते भएका छन । गोली लागि घाइते भएका कल्याण गुरुङको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । एउटा गैर सरकारी संस्थामा कार्यरत गुरुङलाई डिस्कोबाट घर फर्कने क्रममा अज्ञात समुहले गोली हानेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०७४