२ कात्तिक, काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले कांग्रेसँग तालेमलका लागि ५५ सिट चाहिने बताएका छन । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संयोजक ठाकुरले राजपा र संघीय समाजवादी पार्टीको गठबन्धनका लागि ५५ सिट आवश्यक भएकाले उक्त कुरा कांग्रेससँग भएको पटक पटकको छलफलमा राखेको बताए । उनले भने ‘नेपाली कांग्रेससँग तालमेल हुन्छ । हामीलाई दुई पार्टीका लागि ५५ सिट चाहिन्छ ।’ ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवारहरुको लाईन लागेको बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४