१ कात्तिक, काठमाडौँ । वाम गठबन्धले चितवनको उम्मेदवार टुंग्याएको छ । जस अनुसार नेकपा एमालेले दुई क्षेत्र र माओवादी केन्द्रले १ क्षेत्र पाएको छ । एमालेलाई प्रतिनिधिसभको क्षेत्र नम्बर १ र २ तथा माओवादी केन्द्रलाई क्षेत्र नम्बर ३ दिने गरी दुई दलीय कार्यदलले टुंगो लगाएको छ । जसअनुसार क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री समेत रहेका नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे उम्मेदवार हुने निश्चित भएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा एमाले जिल्ला अध्यक्ष समेत रहेका पूर्व सांसद कृष्णभक्त पोखरेल उम्मेदवार हुने करिब निश्चत रहेको छ । त्यस्तै क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रबा अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार हुने यसअघि नै घोषणा गरिसकेका छन ।
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४