३१ असोज, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि फरक फरक मतपत्र कायम गर्न माग गर्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चमा दायर गरेको रिटमा मंगलबार नै सुनुवाइ सकिएको छ । मतपत्र विवादमा अदालतले बुधबार निर्णय सुनाउने भएको छ । न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सकिएको र निर्णय भोलिमात्र सुनाउने तय भएको सर्वोच्च प्रशासनले जनएको छ । यो मुद्दामा सर्वोच्चले गर्ने फैसलाले आगामी चुनाव पूर्वनिर्धारित मितिमा हुने नहुने तय हुनेछ । यदि रिट निवेदकले माग गरेको जस्तो प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकका लागि फरक फरक मत पत्र छाप्न आदेश भएमा चुनाव सर्नेछ । रिट खारेज भएमा भने चुनावका लागि बाटो खुल्नेछ ।
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४