२९ असोज, काठमाडौँ । अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई टिका लगाइ पार्टीमा स्वागत गरे । क्षेत्रीहरुको नाममा राजनीति सुरु गरेका खड्का अखण्ड पार्टी हुँदै कांग्रेस नेता हुन सफल भएका छन ।
प्रकाशित मिति: शनिबार, असोज २८, २०७४