२८ असोज, काठमाडौँ । नेकपा माओवादी केन्द्र सरकारकाबाट नबाहिरिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार अचानक मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेको माओवादी सरकारबाट नबहिरिने निष्कर्षमा पुगेको हो । योसँगै संविधान कार्यान्वयनको अन्तिम चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा राजनीति थप पेचिलो बन्न पुगेको छ । प्रधानमन्त्री देउवाले माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेपछि माओवादीले पदाधिकारी बैठक बसेर सरकारलाइ दिएको समर्थन कायम राख्दै मन्त्रिलाइ फिर्ता नबोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले बताइन । देउवाले राप्रपा अध्यक्ष कमल थापलाई उपप्रधानमन्त्रीका रुपमा नियुक्त गरेका छन् । पछिल्लो पटक प्रधानमन्त्री देउवाले थापासहित चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन् । योसँगै मन्त्रीपरिषद्मा मन्त्रीहरुको संख्या ६४ पुगेको छ । नेपालको इतिहासमा यो सवैभन्दा ठूलो मन्त्रीपरिषद् हो ।
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४